काठमाडौं । दशरथ रंगशालामा थुप्रिएको फोहोरमैला सफाइ गर्न युवा तथा खेलकुदमन्त्रीले बेल्चा र झाडी लगाएका छन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र निकटअखिल (क्रान्तिकारी)ले आज विशेष सरसफाई कार्यक्रम गरेको थियो। उक्त सरसफाइ कार्यक्रममा झाडी लगाउन पुगे युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली ।
श्रीपाइलीले रंगशालको ट्वाइलेटमा झाडी मात्रै लगाएनन्, झाडी सफा गर्न बेल्चा पनि चलाए । पोष्टवहादुर वोगटीको निधन भएको दोस्रो स्मृति दिवसको सन्दर्भ पारेर क्रान्तिकारीले सरसफाई आयोजना गरेको हो ।
सरसफाईमा जुटेका युवा विद्यार्थीलाई धन्यवाद दिदैँ खेलकुद मन्त्री श्रीपाइलीले भने–‘अब हामी रङ्गशाला मात्र हैन खेल क्षेत्रका सवै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं ।’ मन्त्री श्रीपाइली सरसफाई कार्यक्रममा पुर्ण अवधि सक्रियतापुर्वक आफैं खटिएका थिए ।
रङ्गशालाको वरिपरिको प्याराफिटमा झार उम्रिएर झाडी भएपछि शुक्रबार क्रान्तिकारीले आफ्नो सयौं कार्यकर्ता सहित सरसफाई गरेको क्रान्तिकारीबा प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । अभियानको नेतृत्व गरेका अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने–‘अन्तरास्ट्रिय बेइज्जती रोक्न हामी यो अभियानमा जुटेका हौं ।’
कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघले पनि सहभागीता जनाएको थियो।
सबै तस्वीर : सुरेन्द्र बस्नेत




