नयाँ दिल्ली । चार दिने भारतीय भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले हैदरावाद भवनमा नेपाल तथा भारतका अधिकारीहरू सम्मिलित र मोदीसँग मात्रै (वन टू वन) भेटवार्ता गरेका हुन् । केहीबेरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन समेत गर्दै छन् ।
प्रधानमन्त्री दाहालले पश्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना, महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना, ढल्केवर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिबृद्धिको विषयमा छलफल गरेका छन ।
त्यस्तै हेटौँडामा विद्युत सवस्टेशन, गोरखपुर–भैरहवा प्रसारण लाइन, बङ्गलादेशबाट पारवहन सुविधा, विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने, नेपाली कृषिजन्य सामग्रीलाई भारत लैजान सहज बनाउने विषयमा पनि छलफल भएको छ ।
यसै गरी ऊर्जा व्यापार सम्सझौताको पोर्टोकल, गौरीफान्टा नाकाको स्तरोन्नती, कास्कीको ढिकुरापुरमा पोलिटेक्नीकल इन्ष्च्यिुट स्थापना, दोधार चाँदनी सुक्खा बन्दरगाह निर्माण, हुलाकी राजमार्गको दोस्रो चरणको निर्माण, एकीकृत चाँच चौकीहरु निर्माण, नेपालको व्यापार घाटा, नेपाल प्रहरीको एकेडमी निर्माण लगायतका विषयमा छलफल भएको छ ।
साभार : लाेकान्तर
