काठमाण्डाैं । मोदीले नेपाल र भारतबीच सम्बन्धको इतिहासमा आजको दिन ऐतिहासिक दिन भएको बताए। आजको दिन नेपाल (भारत सम्बन्धका लागिस ऐतिहासिक भएको बताए। उनले भने,‘ हामीले खुला सीमा, नदी, जनताको आपसी सम्बन्ध र सरकारको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। हम्रो मित्रता समयले परीक्षण गरेको र विशिष्ट खालको छ। शान्ति, स्थीरता र आर्थिक समृद्धि नेपालमा हाम्रो चाहाना हो।’
नेपालको लोकतान्त्रिकरण र शान्तिमा भारतले सधै सहयोग गर्न चाहेको बताउँदै मोदीले आफूहरू नेपालको संविधानमा सबैको चाहना बमोजिम सफल कार्यान्वयन हुने कुरामा विश्वस्त रहेको दाआ गरे। ‘हामीले प्रम प्रचण्डसँग दुई देश बीचका सबै विषयमा व्यापक छलफल गरेका छौ। हामीले १५० मिलीयन लाइन अफ क्रेडिटका लागि सम्झौता गरेका छौ। कास्कीको ढुकुर पोखरीमा पोलिटेक्नीकल इन्टिच्यूट स्थापनाका लागि सम्झौता गरेका छौ,’ मोदीले भने। दुई बीच चालु विद्युत परियोजना अगाडि बढाउनेदेखि ट्रान्समिसन लाइन विस्तार गर्ने कुरामा पनि सहमति गरेको बताए। दुबैले निर्धारित समयमा सबै आयोजना सम्पन्न गर्न निरन्तर अनुगमन गर्ने सहमति भएको छ। यो भ्रमणले हाम्रो सताब्दी लामो सम्बन्धलाई नयाँ उचाइ दिने छ।
नेपालको अार्थिक उन्नति गर्न भारत तयार छ । संविधान कार्यन्वयन गर्न सबैको सहयोग लिन आवश्यक छ । सबै पक्षको भावनालाई समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास लिएको छु ।
नेपालमा शान्ति, स्थिरता र विकास होस् । अहिले प्रक्रियामा रहेका आयोजनाहरुलाई छिट्टो सम्पन्न गर्न प्रचण्ड र सहमत भएका छौं ।