काठमाण्डाैं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा शुक्रवार दिल्लीमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने बताए । सो सम्झौताका बारेमा दुई देशका प्रतिनीधिबीच शुक्रवार नै हस्ताक्षर समेत सम्पन्न भएको छ ।
सम्झौतामा भूकम्पपछिको पूनर्निर्माणका लागि भारतले नेपाललाई ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने विषय उल्लेख छ ।
त्यसका साथै अन्य दुई सम्झौता समेत गरिएको छ जसमा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिस लगायतका विषय छन् ।
Facebook Comments Box