Author: admin

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने । घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको…

Read More

झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको टीका लगाइदिने भएका छन्। विजया दशमीको अवसरमा अध्यक्ष ओलीले भोलि बिहान ९ बजेदेखि १० बजेसम्म गृह जिल्ला झापा दमक-९, शान्ति मार्गस्थित निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले बडादसैँ २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। चुनाव नजिकिँदै जाँदा ओली अष्टमीदेखिनै झापामा छन्। नवमी(आज) आफ्नै आयोजनामा हरेक वर्ष गर्ने शुभकामना आदनप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेका ओलीले भोलि टिका लगाइदिने भएका हुन्।

Read More

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका महान चाडहरूका विशेष महत्व रहेको बताएका छन्। बडादसैं, शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा झापाको बिर्तामोडमा मंगलबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने चाड भएकाले दसैंको निकै ठूलो महत्व रहेको बताए । ओलीले उनको पनि गृहजिल्ला झापामा बर्षेनी महानवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । हिन्दुधर्ममा महिलाहरूको विशेष महत्व रहेको तर कतिपय मन्त्रहरूलाई अर्कै अर्थ लगाइएको ओलीले बताए । चाडपर्वहरूले समाजलाई एकसुत्र बाँध्ने गरेकाले ती चाडपर्वका महत्व अतुलनीय रहेको ओलीले बताए । कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष…

Read More

काठमाडौं । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । आज हस्ताक्षर नै गर्ने बैठक बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन्। गठबन्धनमा जसपा असन्तुष्ट रहँदै आएको छ भने कांग्रेसभित्रै पनि संस्थापनइतर पक्ष रुष्ट छ।

Read More

नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो । महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ । आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा…

Read More

झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापामा चियापान कार्यक्रमको आयोजना गरेका छन् । झापाको बिर्तामोडमा आयोजना गरिएको चियापान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली सोमबार नै झापा आइपुगेका हुन् । ओलीले नियमित रुपमा दसैंको महानवमीका दिन उनकोसमेत गृहजिल्ला झापामा दसैं/ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

Read More

काठमाडौं । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बडा दसैका बेला देवीदेवताको नाममा हुने बलिदिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्। दसैं लगायत पर्वमा धेरै मानिसहरुले आफूले खानको लागि देवीदेवताको नाममा पशु चौपायाको काटमार गर्ने गरेको भन्दै त्यस्ता हत्याहिंसा अन्त्य गर्नुपर्ने उनले बताएका हुन् । डोल्पो बुद्ध गुरुले आर्थिक रुपमा विश्वमा नेपाल गरिब देशको रुपमा परिचित रहेको भन्दै बुद्ध जन्मेको देशमा काटमार बन्द गरेर सकेसम्म सबै जना शाकाहारी बनेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए । दसैंको बेला महंगो मुल्यमा खसी, बोका लगायत किनेर खानुभन्दा खान नपाएका गरिब, दुखीलाई सहयोग र दान गर्नु ठूलो धर्म हुने उनको भनाइ…

Read More

काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनबीच सोमबार पनि छलफल भएको छ । दशैका बेला पनि दलहरु सहमतिको प्रयास स्वरुप बालुवाटारमा छलफलमा जुटेका हुन् । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक लगातार बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि…

Read More

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले अफगानिस्तानबाहेकका देशका प्रमुख निर्वाचन अधिकृतलाई निम्तो दिएको हो। आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उनीहरुलाई आमन्त्रण गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए। जसअनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएको छ।

Read More

२०७४ को निर्वाचनमा बाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर चुनाव जितेका छक्कबहादुर लामा एमालेमा प्रवेश गरेका छन्। नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद लामालाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन्। लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए । २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।

Read More