२०७४ को निर्वाचनमा बाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर चुनाव जितेका छक्कबहादुर लामा एमालेमा प्रवेश गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद लामालाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।
लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।
Facebook Comments Box