झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको टीका लगाइदिने भएका छन्।
विजया दशमीको अवसरमा अध्यक्ष ओलीले भोलि बिहान ९ बजेदेखि १० बजेसम्म गृह जिल्ला झापा दमक-९, शान्ति मार्गस्थित निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीले बडादसैँ २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
चुनाव नजिकिँदै जाँदा ओली अष्टमीदेखिनै झापामा छन्। नवमी(आज) आफ्नै आयोजनामा हरेक वर्ष गर्ने शुभकामना आदनप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेका ओलीले भोलि टिका लगाइदिने भएका हुन्।
Facebook Comments Box