काठमाडौं । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।
आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । आज हस्ताक्षर नै गर्ने बैठक बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन्।
गठबन्धनमा जसपा असन्तुष्ट रहँदै आएको छ भने कांग्रेसभित्रै पनि संस्थापनइतर पक्ष रुष्ट छ।
Facebook Comments Box