काठमाडौं । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बडा दसैका बेला देवीदेवताको नाममा हुने बलिदिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।
दसैं लगायत पर्वमा धेरै मानिसहरुले आफूले खानको लागि देवीदेवताको नाममा पशु चौपायाको काटमार गर्ने गरेको भन्दै त्यस्ता हत्याहिंसा अन्त्य गर्नुपर्ने उनले बताएका हुन् ।
डोल्पो बुद्ध गुरुले आर्थिक रुपमा विश्वमा नेपाल गरिब देशको रुपमा परिचित रहेको भन्दै बुद्ध जन्मेको देशमा काटमार बन्द गरेर सकेसम्म सबै जना शाकाहारी बनेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।
दसैंको बेला महंगो मुल्यमा खसी, बोका लगायत किनेर खानुभन्दा खान नपाएका गरिब, दुखीलाई सहयोग र दान गर्नु ठूलो धर्म हुने उनको भनाइ छ ।
Facebook Comments Box