काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले अफगानिस्तानबाहेकका देशका प्रमुख निर्वाचन अधिकृतलाई निम्तो दिएको हो।
आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उनीहरुलाई आमन्त्रण गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए।
जसअनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएको छ।
Facebook Comments Box