Author: admin

मस्ताङ ।  उद्योगमन्त्री सोमप्रसाद पाण्डेको टोलीले मुस्ताङको मुक्तिनाथमा जमिनमा आगो बलिरहेको देखेपछि प्राकृतिक ग्यास भएको हुनसक्ने बताएको छ । सोम प्रसाद पाण्डेको नेतृत्वमा भएको स्थलगत अवलोकनले जमिनमा आगो बलिरहेको फेला पारेको हो । दुईमहिना अघि चिनियाहरुको सहयोगमा दैलेख र काठमाडौंको विभिन्न ठाउँमा प्राकृतिक ग्यासको संभाव्यता अध्ययन गरिएको थियो । उनले तीन वर्ष भित्रमा देशभरी भएका प्राकृतिक ग्यासको यकिन गरी सम्भव भएमा उत्खनन् गरी प्रयोग गर्ने बताए ।

Read More

काठमाण्डाैं ।  नयाँ शक्ति नेपालले आगामी मंसिर महिनामा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सचिवालयको चार दिनदेखि काठमाडौंमा जारी बैठकले अब हुने स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो। बैठकले निर्वाचनमा वैकल्पिक शक्तिको हैसियत आर्जनका लागि तीन महिनासम्म संगठन विस्तारमा केन्द्रीत हुने निर्णय गरेको छ। बैठकपछि पार्टी प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनको तयारीस्वरुप केन्द्रीय परिषद्का सदस्यहरु तीन महिनासम्म जिल्ला र गाउँमा नै रहने गरी संगठन विस्तारमा लाग्ने निर्णय गरेको जानकारी दिए। दुई साता पहिले मात्र गठन भएको नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य साधारण सदस्यले मतदान गर्ने गरी प्रत्यक्ष…

Read More

कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । जिंक जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त…

Read More

केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ । यस्तै खराब स्वभाव हो नङ टोक्ने । यो साझा र निकै फोहोरी बानी हो । तैपनि मानिसले नङ टोक्न छाडेका छैनन् । आखिर किन यस्तो भइरहेको छ त ? यसबारे मनोविज्ञहरु आआफ्ना तर्क गर्छन् । एक विज्ञका अनुसार मानिसले अत्यधिक नकारात्मक सोच आयो भने नङ टोक्छ । तनाव र चिन्तालाई व्यवस्थापन गर्ने हो भने मानिसले यस समस्याबाट मुक्त पाउन सक्छ । गहिरो पीडा सहन नसकेपछि मानिसले आफ्नै अंगसँग प्रतिक्रिया जनाउने क्रममा नङ टोक्ने हर्टफोर्डसाइर युनिर्भसिटीका प्राध्यापक करिन पाइन बताउँछन् ।…

Read More

काठमाडौं ।  निर्वाचन आयोगले संविधानको प्रावधान अनुसार चुनाव गराउन तयार रहेको बताएको छ । सरकारसँग भएको स्थानीय निकायको चुनावबारेको छलफल कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आवश्यक कानुन संशोधन गरिए स्थानीय निकाय, प्रदेश  र संसदको चुनाव गर्न तयार रहेको जानकारी गराएका हुन् । उहाँले स्थानीय निकायको चुनावका लागि स्थानीय निकाय कार्यविधि ऐन संशोधन गर्नुपर्नेमा पनि जोड दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कानुनी, प्रशासनिक लगायत सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको कानुनमन्त्री अग्नि खरेलले जानकारी दिए । उनले आयोगका रिक्त पदाधिकारी छिट्टै नियुक्त गर्ने पनि बताए ।

Read More

काठमाण्डौं ।  भुकम्प पीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट २४ लाख ३० हजार रुपैयाँ ठगी गर्ने पुर्व जिल्ला शिक्षा अधिकारी पक्राउ परेका छन् । पीडितको उजुरीपछि सिन्धुपाल्चोकको सानोसिरुबारी ६ का पुण्यप्रसाद दंगाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो । काठमाडौंको बुढानिलकण्ठमा बस्ने दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट पक्रेको प्रहरीले जनाएको छ । दंगालले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानन्धरबाट २ लाख, छिरिङ तामाङबाट १ लाख, राम बहादुर तामाङबाट १ लाख, खुदनाथ घोडासैनीबाट ४ लाख ४० हजार, विकाश तामाङबाट ३ लाख र सितामाया तामाङबाट ३ लाख ४५ हजार गरि २४ लाख ३० हजार…

Read More

कास्की । परीक्षा नै नदिइ सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाई दिन्छु भनेर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्रेको छ । तनहुँ, कास्की र स्याङजाका २१ जनालाई यातायात व्यवस्था कार्यालय गण्डकीबाट बिना परीक्षा लाइसेन्स बनाइदिन्छु भनेर ८० हजार रुपैयाँ ठगी गर्ने पदमबहादुर वलीलाई प्रहरीले पक्रेको हो । जाजरकोट पुन्मा–५ घर भई अहिले पोखरा–१७ ड्यामसाइडमा जाजरकोट झिर हाउस चलाउने २९ वर्षका वलीलाई कास्की प्रहरीले गएको शुक्रबार पक्रेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

Read More

सिंगापुर ।  सिंगापुर एयरलायन्सको सिंगापुरदेखि इटालीको मिलानसम्म उडान भरेको एस क्यु ३६८ नम्बरको हवाइजहाजको तेल चुहिएका कारण आगलागी हँदा आपतकालीन अवस्थामा इस्तानबुलमा अवतरण गराइएको थियो । इन्जिन आयल म्यासेन्जरले सन्देश पठाएपछि विमान आपतकालीन अवतरण गराइएको हो । अवतरणको क्रममा घर्षणले गर्दा आगलागी भएको थियो । यो घटना बिहान करीब ६.५०मा भएको थियो भने जहाजमा २२२ यात्रु रहेका थिए । सबै यात्रु सुरक्षित रहेको कुरा सिंगापुर एयरलायन्सले जानकारी गराएको छ । विमानमा भएको यो घटनाको दृश्य जहाजभित्रकै यात्रुले ४९ सेकेन्डको भिडियो बनाएर सामाजिक संजालमा ‘मैले मृत्युलाई उछिनें’ भन्ने क्याप्सनसहितको भिडियो राखेका छन् । यसमा हवाइजहाजको इन्जिनमा कसरी आगलागी भएको थियो भन्ने देख्न…

Read More

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार बिहान अमेरिकाको   न्युजर्सीमा भएको कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेका मेस्सीले अब राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले भने ‘मेरा लागि राष्ट्रिय टिमको काम सकियो । मैले गर्न सक्ने जति गरेँ, च्याम्पियन हुन नसक्नु निकै पीडादायक हुन्छ ।’ २९ वर्षका मेस्सीले अर्जेन्टिनाको टिमबाट एक सय १२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीले सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मेस्सीले विश्वकपमा एक पटक तथा कोपा अमेरिकामा दुई पटक टिमलाई फाइनलसम्म पुर्याए । तर उपाधि भने…

Read More

सम्माननीय प्रधानमन्त्रीज्यू, जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको बिपरित तपाईंको कदम केही हदसम्म देश र जनताको लागि छ । तपाइँले धेरै सपना बाँडनु भएको छ । हामी ती सपनामा रमेर प्रवासमा घामपानी नभनी काम गरिरहेका छौं । तपाईंले देखाएका सपना तत्काल नै पूरा नभए पनि भावी सन्ततिका लागि एउटा बिकसित नेपालको खाका कोर्नु भएको छ ।

Read More