कास्की । परीक्षा नै नदिइ सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाई दिन्छु भनेर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्रेको छ ।
तनहुँ, कास्की र स्याङजाका २१ जनालाई यातायात व्यवस्था कार्यालय गण्डकीबाट बिना परीक्षा लाइसेन्स बनाइदिन्छु भनेर ८० हजार रुपैयाँ ठगी गर्ने पदमबहादुर वलीलाई प्रहरीले पक्रेको हो ।
जाजरकोट पुन्मा–५ घर भई अहिले पोखरा–१७ ड्यामसाइडमा जाजरकोट झिर हाउस चलाउने २९ वर्षका वलीलाई कास्की प्रहरीले गएको शुक्रबार पक्रेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
Facebook Comments Box