मस्ताङ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको टोलीले मुस्ताङको मुक्तिनाथमा जमिनमा आगो बलिरहेको देखेपछि प्राकृतिक ग्यास भएको हुनसक्ने बताएको छ । सोम प्रसाद पाण्डेको नेतृत्वमा भएको स्थलगत अवलोकनले जमिनमा आगो बलिरहेको फेला पारेको हो ।
दुईमहिना अघि चिनियाहरुको सहयोगमा दैलेख र काठमाडौंको विभिन्न ठाउँमा प्राकृतिक ग्यासको संभाव्यता अध्ययन गरिएको थियो । उनले तीन वर्ष भित्रमा देशभरी भएका प्राकृतिक ग्यासको यकिन गरी सम्भव भएमा उत्खनन् गरी प्रयोग गर्ने बताए ।
Facebook Comments Box