काठमाडौं । निर्वाचन आयोगले संविधानको प्रावधान अनुसार चुनाव गराउन तयार रहेको बताएको छ ।
सरकारसँग भएको स्थानीय निकायको चुनावबारेको छलफल कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आवश्यक कानुन संशोधन गरिए स्थानीय निकाय, प्रदेश र संसदको चुनाव गर्न तयार रहेको जानकारी गराएका हुन् ।
उहाँले स्थानीय निकायको चुनावका लागि स्थानीय निकाय कार्यविधि ऐन संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कानुनी, प्रशासनिक लगायत सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको कानुनमन्त्री अग्नि खरेलले जानकारी दिए । उनले आयोगका रिक्त पदाधिकारी छिट्टै नियुक्त गर्ने पनि बताए ।
Facebook Comments Box