सिंगापुर । सिंगापुर एयरलायन्सको सिंगापुरदेखि इटालीको मिलानसम्म उडान भरेको एस क्यु ३६८ नम्बरको हवाइजहाजको तेल चुहिएका कारण आगलागी हँदा आपतकालीन अवस्थामा इस्तानबुलमा अवतरण गराइएको थियो ।
इन्जिन आयल म्यासेन्जरले सन्देश पठाएपछि विमान आपतकालीन अवतरण गराइएको हो । अवतरणको क्रममा घर्षणले गर्दा आगलागी भएको थियो । यो घटना बिहान करीब ६.५०मा भएको थियो भने जहाजमा २२२ यात्रु रहेका थिए ।
सबै यात्रु सुरक्षित रहेको कुरा सिंगापुर एयरलायन्सले जानकारी गराएको छ । विमानमा भएको यो घटनाको दृश्य जहाजभित्रकै यात्रुले ४९ सेकेन्डको भिडियो बनाएर सामाजिक संजालमा ‘मैले मृत्युलाई उछिनें’ भन्ने क्याप्सनसहितको भिडियो राखेका छन् ।
यसमा हवाइजहाजको इन्जिनमा कसरी आगलागी भएको थियो भन्ने देख्न सकिन्छ ।
टाइम्स अफ इन्डिया
Facebook Comments Box