Author: admin

झापा । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका देबेन्द्र चम्लागाईं निर्वाचित भएका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकै शान्तिदेवी शिवाकोटी निर्वाचित भएकी छिन्। अध्यक्षमा निर्वाचित चम्लागाईंले ७१४८ मत ल्याएका छन् भने उपाध्यक्ष पदमा निर्वाचित शिवाकोटीले ६६३६ मत प्राप्त गरिन्। अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्कप्रसाद राजवंशीले ४३६१ मत पाए। उपाध्यक्षकी प्रतिष्पर्धी राप्रपाकी कमला राजवंशीले ४१९५ प्राप्त गरिन्।

Read More

झापा । नेपाली कांग्रेस र नेकपा एमालेसम्मिलित गठबन्धनले झापामा राप्रपाको गढ मानिएको कचनकवल गाउँपालिकामा विजय हासिल गरेको छ। कांग्रेस-एमालेको गठबन्धनले राप्रपालाई एक्ल्याएर चुनावमा होमिएका थिए। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन्। गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको छ। स्थानीय तहमा कांग्रेससंग गठबन्धन बनाएको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ। ११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए। उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी…

Read More

झापा । झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित भएका छन् । नगर प्रमुखमा पोखरेलसँगै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । दोस्रो कार्यकालकालागि निर्वाचित भएसँगै संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले आगामी दिनमा सम्पूर्ण नगरवासीकै प्रमुखका रुपमा उभिएर कार्य सम्पादन गर्ने बताए । दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महशुस गर्न सक्ने छन् भन्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले जनताको भावना सम्बोधन हुने बताए । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरीयालाई २ हजार १२ मतको अन्तरले पछि पार्दै नेकपा एमालेका तर्फबाट उम्मेद्वारी बनेका पोखरेल कनकाई नगरपालिकाको प्रमुखमा पुन निर्वाचित भएका हुन्…

Read More

झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवि मैनाली विजयी भएकी छन्। लिङ्देनले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए । यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाइन् । हल्दिवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी क्षेत्र पनि हो।

Read More

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसतर्फबाट वडाअध्यक्ष बनेका निवर्तमान अध्यक्ष होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।  थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडाल भन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए । मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र वाह्रकोटी, भगिरथा दाहाल र शान्ता देवी विश्वकर्मा निर्वाचित भएका छन् । यसअघि राप्रपाले १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ ।

Read More

काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र दुईवटा अध्यादेश पेश गर्ने कार्यतालिका छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नेछन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश गर्ने कार्यतालिका छ ।…

Read More

झापा । भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेल अग्रस्थानमा छन्। उनले ७२५९ मत प्राप्त गरेका छन् भने एमालेका मेयर पदका उम्मेदवार असारु राजवंशीले ४९०२ मत ल्याएका छन्। राप्रपाका नवराज पनेरुले ४३०१ मत पाएका छन्। उपमेयर पदमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ५६९१ पाएर अग्रस्थानमा छन् भने राप्रपाकी राधा कार्कीले ५४९३ पाएर दोस्रो स्थानमा छिन्। एमालेकी कौशिल्या अधिकारीले ४१८२ मत पाएर तेस्रो स्थानमा छिन्।

Read More

झापा । झापाको हल्दिबारी गाउँपालिकामा भइरहेको पछिल्लो मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ। उनले ५१४१ मत ल्याएका छन् भने एमालेका डम्बरबहादुर गिरीले ३६३५ मत ल्याएका छन्। काँग्रेसका तुलसीप्रसाद ओली २०७९ मत ल्याएका छन् भने माओवादीका भवानीप्रसाद दंगाल ९९४ मत ल्याएका छन्। उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले ४०२४ मत पाएकी छन् भने एमालेका शान्तादेवी गौतमले ३३९३ मत पाएकी छिन्। माओवादीकी टिकादेवी राउतले १३१० मत पाएकी छिन्।

Read More

झापा । प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री र नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको गृह वडामा एमालेका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। गौरादह नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा दिलीप भण्डारी निर्वाचित भएका छन्। उनलाई वडाध्यक्षमा उम्मेदवार बन्न एमालेले टिकट नदिएपछि बागी उम्मेद्वारी दिएका थिए। उनले एमालेका उम्मेद्वार गजेन्द्र घिमिरे भन्दा झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका हुन्। भण्डारीले १०९४ मत प्राप्त गरेका छन् भने घिमिरेले ५८६ मत पाएका छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार शेरबहादुर कार्कीले ४७२ मत प्राप्त गरेका छन्।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि रहेका छन्। काठमाडौं महानगरपालिकामा अहिलेसम्म २५ हजार २८८ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४८१ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले पाँच हजार ६१८ मत ल्याएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६ मत पाएकी छिन्।

Read More