झापा । झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित भएका छन् ।
नगर प्रमुखमा पोखरेलसँगै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । दोस्रो कार्यकालकालागि निर्वाचित भएसँगै संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले आगामी दिनमा सम्पूर्ण नगरवासीकै प्रमुखका रुपमा उभिएर कार्य सम्पादन गर्ने बताए । दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महशुस गर्न सक्ने छन् भन्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले जनताको भावना सम्बोधन हुने बताए ।
आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरीयालाई २ हजार १२ मतको अन्तरले पछि पार्दै नेकपा एमालेका तर्फबाट उम्मेद्वारी बनेका पोखरेल कनकाई नगरपालिकाको प्रमुखमा पुन निर्वाचित भएका हुन् । नवनिर्वाचित नगर प्रमुख पोखरेलले ८ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी कांग्रेसका चिमरीयाले ६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।
उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटीले एमाले तर्फकी उपमेयरकी उम्मेद्वार मन्जु प्रसाईंलाई १ हजार ८ सय ६८ मतको अन्तरले पछि पार्दै विजयी बनेकी छन् । नवनिर्वाचि उपप्रमुख शिवाकोटीले १० हजार ७ सय १३ मत प्राप्त गरी विजयी बनेकी हुन् भने निकटतम प्रतिद्वन्दी मन्जु प्रसाईँले ८ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन् ।