झापा । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका देबेन्द्र चम्लागाईं निर्वाचित भएका छन्।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकै शान्तिदेवी शिवाकोटी निर्वाचित भएकी छिन्।
अध्यक्षमा निर्वाचित चम्लागाईंले ७१४८ मत ल्याएका छन् भने उपाध्यक्ष पदमा निर्वाचित शिवाकोटीले ६६३६ मत प्राप्त गरिन्।
अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्कप्रसाद राजवंशीले ४३६१ मत पाए।
उपाध्यक्षकी प्रतिष्पर्धी राप्रपाकी कमला राजवंशीले ४१९५ प्राप्त गरिन्।
Facebook Comments Box