झापा । झापाको हल्दिबारी गाउँपालिकामा भइरहेको पछिल्लो मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ।
उनले ५१४१ मत ल्याएका छन् भने एमालेका डम्बरबहादुर गिरीले ३६३५ मत ल्याएका छन्। काँग्रेसका तुलसीप्रसाद ओली २०७९ मत ल्याएका छन् भने माओवादीका भवानीप्रसाद दंगाल ९९४ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले ४०२४ मत पाएकी छन् भने एमालेका शान्तादेवी गौतमले ३३९३ मत पाएकी छिन्। माओवादीकी टिकादेवी राउतले १३१० मत पाएकी छिन्।
Facebook Comments Box