झापा । भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेल अग्रस्थानमा छन्।
उनले ७२५९ मत प्राप्त गरेका छन् भने एमालेका मेयर पदका उम्मेदवार असारु राजवंशीले ४९०२ मत ल्याएका छन्। राप्रपाका नवराज पनेरुले ४३०१ मत पाएका छन्।
उपमेयर पदमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ५६९१ पाएर अग्रस्थानमा छन् भने राप्रपाकी राधा कार्कीले ५४९३ पाएर दोस्रो स्थानमा छिन्।
एमालेकी कौशिल्या अधिकारीले ४१८२ मत पाएर तेस्रो स्थानमा छिन्।
Facebook Comments Box