झापा । प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री र नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको गृह वडामा एमालेका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।
गौरादह नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा दिलीप भण्डारी निर्वाचित भएका छन्।
उनलाई वडाध्यक्षमा उम्मेदवार बन्न एमालेले टिकट नदिएपछि बागी उम्मेद्वारी दिएका थिए।
उनले एमालेका उम्मेद्वार गजेन्द्र घिमिरे भन्दा झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका हुन्।
भण्डारीले १०९४ मत प्राप्त गरेका छन् भने घिमिरेले ५८६ मत पाएका छन्।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार शेरबहादुर कार्कीले ४७२ मत प्राप्त गरेका छन्।
Facebook Comments Box