Author: admin

नेकपा एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम‍‍. अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ । एमालेका कार्यालय सचिव भीष्म अधिकारीले गभर्नर अधिकारीलाई पत्र लेखी सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीका विभागमा राख्ने वैधानिक व्यवस्था नरहेको उल्लेख गर्दै अर्थ तथा योजना विभाग सदस्यमा मनोनित खोटाङका एम अधिकारी गभर्नर नभएको बताएका हुन् । एम अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिन बुधबार एमालेलाई पत्र पठाएका थिए ।

Read More

लामो समय रिक्त रहेको उपसभामुख पदका लागि दुईजनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका तर्फबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउँदा एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन्। प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा दलहरुले उपसभामुखको निर्वाचन गर्न तातेका हुन्। उपसभामुख पद २०७६ फागुन यता रिक्त थियो।

Read More

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।  उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताए । बिहीबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् -‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्ध (अनिल अधिकारी) को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

Read More

काठमाडौं । उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने र शुक्रबार दिउँसो ३ बजेपछि उपसभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार बन्ने भएकी छन् । तर प्रतिपक्षीको तर्फबाट उम्मेदवार को बन्ने भन्ने टुंगो लागिसकेको छैन । उम्मेदवारको विषयमा आज बिहान नेकपा एमालेका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरेका थिए । तर उम्मेदवारी दिने कि नदिने भनेर टुंगो नलागेको एक नेताले बताए ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लागेका हुन् । भाजपाले हरेक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई निमन्त्रणा गरेका हुन्। त्यहाँ रहँदा प्रचण्डले उच्च स्तरीय भेटघाट गर्नसक्ने बताइए पनि भेटघाटको तालिका भने प्रष्ट भइनसकको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट मिलाउने कोशिस भईरहेको बुझिएको छ । प्रचण्ड भाजपा मूख्यालय पनि जाने कार्यक्रम रहेको बुझिएको छ । प्रचण्ड साउन १ गते स्वदेश फर्कने…

Read More

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को ५९आँै वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागत लेखापरिक्षणबाट औलाइएको अद्यावधिक बेरुजु करिव ५ खर्ब देखिएको हो । यस आर्थिक बर्ष मात्रै रु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरुजु देखिएको महालेखा परीक्षक टङ्कमणि शर्माले जानकारी दिए । संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको उनले बताए । त्यस्तै यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूणर् रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै महङ्गी बढ्दै गएको, मलखाद उपलव्ध गराउन नसकेको लगाएतका बिषयमा सरकार क्रियाशिल हुनुपर्ने सुझाव पनि आएको उनले बताए। त्यस्तै आगामी निर्वाचनमा आवश्यकता अनुसार बिभिन्न स्थानमा तालमेल गर्नुपर्ने सुझाव पनि आएको उनले…

Read More

काठमाडौं । काठमाडौँबाट बुधबार धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ- धनगढीको उडान नम्बर २५३ मा चढेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय पसेर चुरोट तानेका थिए। त्यो थाहा पाउनेबित्तिकै उडानमा खटिएका कर्मचारीले उनलाई निगरानीमा राखेका थिए । जहाज धनगढीमा अवतरण भएपछि ती यात्रुलाई कैलाली प्रहरीलाई बुझाइएको छ। अहिले उपाध्याय कैलाली प्रहरीको नियन्त्रणमा छन्।

Read More

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा लागेको आगो अझै निभाउन सकिएको छैन । काठमाडौं, भक्तपुर र ललितपुर, नेपाल प्रहरी लगायतका दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भए पनि अझै निभाउन नसकिएको जिल्ला प्रहरी परिसर, काठमाडौं एसपी दिनेशराज मैनालीले जानकारी  दिए ।  भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा दिउँसो तीन बजेदेखि आगो लागिरहेको छ । आगो के कारणले लागेको हो भन्ने अझै खुलेको छैन ।  अहिलेसम्म के कति क्षति भयो भन्ने पनि खुलिनसकेको उनले बताए । 

Read More

झापा । झापाको भद्रपुरमा मोबाइल फोन चोरी गर्नेबाट ८० राउन्ड पेस्तोलको गोली भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भएको थियो । राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरी भयो । जिल्ला प्रहरी कार्यालय, भद्रपुरमा उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । सञ्चालक अग्रवालले हराएका मोबाइलमध्ये केहीका आईएमईआई नम्बर प्रहरीलाई टिपाए । त्यसको आधारमा ट्रेस गर्दै जाँदा एउटा मोबाइलमा भद्रपुर–५ का एक व्यक्तिको सीम कार्ड सक्रिय देखियो । उनलाई ट्रेस गरेर गएको प्रहरी टोलीले मोबाइलसहित…

Read More