काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लागेका हुन् । भाजपाले हरेक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई निमन्त्रणा गरेका हुन्।
त्यहाँ रहँदा प्रचण्डले उच्च स्तरीय भेटघाट गर्नसक्ने बताइए पनि भेटघाटको तालिका भने प्रष्ट भइनसकको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट मिलाउने कोशिस भईरहेको बुझिएको छ । प्रचण्ड भाजपा मूख्यालय पनि जाने कार्यक्रम रहेको बुझिएको छ । प्रचण्ड साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ।
Facebook Comments Box