काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा लागेको आगो अझै निभाउन सकिएको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुर, नेपाल प्रहरी लगायतका दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भए पनि अझै निभाउन नसकिएको जिल्ला प्रहरी परिसर, काठमाडौं एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा दिउँसो तीन बजेदेखि आगो लागिरहेको छ । आगो के कारणले लागेको हो भन्ने अझै खुलेको छैन । अहिलेसम्म के कति क्षति भयो भन्ने पनि खुलिनसकेको उनले बताए ।
Facebook Comments Box