काठमाडौं । काठमाडौँबाट बुधबार धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ- धनगढीको उडान नम्बर २५३ मा चढेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय पसेर चुरोट तानेका थिए।
त्यो थाहा पाउनेबित्तिकै उडानमा खटिएका कर्मचारीले उनलाई निगरानीमा राखेका थिए ।
जहाज धनगढीमा अवतरण भएपछि ती यात्रुलाई कैलाली प्रहरीलाई बुझाइएको छ। अहिले उपाध्याय कैलाली प्रहरीको नियन्त्रणमा छन्।
Facebook Comments Box