नेकपा एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम. अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ ।
एमालेका कार्यालय सचिव भीष्म अधिकारीले गभर्नर अधिकारीलाई पत्र लेखी सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीका विभागमा राख्ने वैधानिक व्यवस्था नरहेको उल्लेख गर्दै अर्थ तथा योजना विभाग सदस्यमा मनोनित खोटाङका एम अधिकारी गभर्नर नभएको बताएका हुन् ।
एम अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिन बुधबार एमालेलाई पत्र पठाएका थिए ।
Facebook Comments Box