काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ को ५९आँै वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागत लेखापरिक्षणबाट औलाइएको अद्यावधिक बेरुजु करिव ५ खर्ब देखिएको हो ।
यस आर्थिक बर्ष मात्रै रु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरुजु देखिएको महालेखा परीक्षक टङ्कमणि शर्माले जानकारी दिए ।
संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको उनले बताए ।
त्यस्तै यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ ।
स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको शर्माले बताए ।
त्यस्तै उनले देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको बताए ।
उनले ५ हजार ७ सय ५७ निकायको लेखा परिक्षण गर्दा ७५ खर्व ३३ अर्व ९ करोड रुपैयाको लेखा परिक्षण गरिएको बताए ।