काठमाडौं । उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने र शुक्रबार दिउँसो ३ बजेपछि उपसभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार बन्ने भएकी छन् ।
तर प्रतिपक्षीको तर्फबाट उम्मेदवार को बन्ने भन्ने टुंगो लागिसकेको छैन । उम्मेदवारको विषयमा आज बिहान नेकपा एमालेका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरेका थिए ।
तर उम्मेदवारी दिने कि नदिने भनेर टुंगो नलागेको एक नेताले बताए ।
Facebook Comments Box