समय कहिले फूल बन्न सकेन
सुगन्ध छर्ने पलभरमा बिलिन हुने
समय कहिले काँडा पनि त बन्न सकेन
बिझाउने अनि मौकामा
खिल बनेर रहिरहने ।
आजभोलि यो जिन्दगीको
हिसाब अनौठो छ …….
यो आयुको रफ्तार गजबको छ …….
उमेर ,बैँस ,रहर ,आफन्त केही भन्न पाएकाे छैन मान्छेले
हिजो दुश्मनझैं लाग्ने मनहरु आज खै कसरी प्रिय बनिरहेकाछन् ।
बाँचुन्जेल बैगुन देख्ने यी आँखाहर आज गुनहरु मात्र देख्ने भएकाछन् ।
पृथ्वीलोकमा
गजबको मृत्युको क्षण चलिरहेको छ
अनि ,
यी काला दिनहरुले मान्छेलाई
मान्छेसँगनै अलग बनाईरहेको छ ।…..
तिम्रो मान भन्दा ठूलो चिज यही
धर्तीमा छ
अनि जुन तागत अभिमान छ नि
यो संसार मेरो हो भन्ने तिमीसँग
हेर त यो समयलाई यहाँ त सबैको
हात रित्तै छ ।
हेर त यो समयलाई यहाँ त सबैको
जिन्दगी रित्तो भएकाे छ।
(झापा पृथ्वीनगर निवासी खरेल लामो समयदेखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी छन्।)
Facebook Comments Box