पछिल्लो समयकी चर्चित गायिका दिपा पन्तले फेरी नया गीत “मलाइ मन पराउनेलाई ” लिएर आएकी छिन । पछिल्लो पटक संगीतकार राज कुमार संग उनले धेरै गीतहरुमा आफ्नो प्रस्तुति देखाई सकेकी छिन ।
‘दिलको बदला दिल दिए’ जस्तो सुपर हिट गीत दिएका यो जोडीले अर्को चर्चित गीत “झट्का झट्का “पनि केहि समय अघि मात्र रिलिज गरेका थिए । जुन गीत पनि दर्शक स्रोताले अत्यधिक रुचाएका थिए । त्यी जोडीले पुनः अर्को नया गीत “मलाइ मन पराउनेलाई” लिएर आएका छन् ।
गायिका दिपा पन्तको आवाज रहेको यो गीतको शब्द संगीत राजकुमारको रहेको छ भने हेमन्त शिशिरले अरेन्ज गरेका छन् । अहिलेलाई कभर भिडियोको रुपमा ल्याइएको भिडियोलाई आर्यन खड्काले छायाँकन तथा निर्देशन गरेका छन ।
Video:
https://www.youtube.com/watch?v=osspRxrvLBA
Facebook Comments Box