झापा । कवि, गीतकार, साहित्यकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को उपन्यास “मिस्ड कल” राष्ट्र कवि माधव घिमिरेबाट सार्वजनिक भएको छ ।
विभिन्न विद्या कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लधु कथा, गीतिनाटक, उपन्यास आदि क्षेत्रमा कलम चलाउँदै आएका “अमर” गायन क्षेत्रमा पनि सकृय देखिन्छन् भने “अमर” उपन्यास लेखनमा पनि सकृय छन् । २०४२ सालदेखि निरन्तर साहित्य सृजना गर्दै अमरले नेपाली साहित्य फाँटमा फेरि एउटा साहित्य सिर्जना गरेका छन् ।
एक गरिव नारीको कथा मिस्ड कलका कारण के के हुन्छ भन्ने कुरा यस उपन्यासको कथामा समेटिएको छ । कथा सत्य घटनामा आधारित भएको उपन्यासकारले जानकारी दिए ।
कार्यक्रममा राष्ट्र कवि माधव घिमिरेले सुरेन्द्र महर्जन “अमर” त्यो दिप हो जो सूर्यको किरण त नभनु तर आशाको किरण जस्तो उज्यालो सबैको हित चाहने आशाको किरण भएको बताउँदै निरन्तर साहित्य सिर्जना गर्दै अमरले विगत लामो समयदेखि धेरै साहित्यिक कार्यक्रम गरेको र लेखन क्षेत्रमा आफ्नो रचनामा साहित्य सृजना गरेर नेपाली साहित्यमा एउटा अर्को ईट थपेकोमा बधाई अनि शुभकामना पनि दिए ।
पत्रकार, उपन्यासकार, साहित्यकार एवं गायक कुसुम भट्टराईले उपन्यासको समिक्षा गरेका थिए । जिन्दगीमा दु:खपछि नै सुख आउने कुरामा कुनै दुई मत नभएको र सबैले एक पटक यस उपन्यास अध्यन गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा गीतकार, कवि तथा पत्रकार पुष्करराज बुढाथोकी “साउँतेलीले” पनि अमरको कृति मिस्ड कलको विषयमा आफ्नो बिचार व्यक्त गरेका थिए ।