दमक । झापाको दमकमा मंगलबार ‘अभिनेता दयाहाङ राईसँग अन्तरंग’ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाली रंगमञ्चको आन्दोलन र विकाशका निम्ति भइरहेका प्रयासहरु उपलब्धिमूलक रहेको बताए । शब्द घर नेपाल र युथ फर ब्लडको संयुक्त आयोजनामा भएको कार्यक्रममा पछिल्लो समयका चर्चित अभिनेता राईले अन्य विविध विषयहरु बारे कुराकानी गरे ।
उनले नेपाली रजतपटमा आउनुअघि रंगमञ्चमा सक्रिय कलाकार हुन् । अझै पनि उनी रजटपटसँगै रंगमञ्च क्षेत्रमा सक्रिय छन् । उनले रजतपटमा भन्दा बढी रंगमञ्चले आफूलाई सन्तुष्टि दिएको उल्लेख गरे ।
‘कला, साहित्य र अभिनयमा थिए, अहिले पनि यसैक्षेत्रमा सक्रिय छु’, अभिनेता राईले भने, ‘भोजपुरबाट काठमाण्डाैं सम्म
मण्डला थिएटरले देशभर कार्यक्रमहरु लैजाने गरिरहेको भन्दै विगतलाई स्मरण गर्दै भने, ‘म कलाकार हुनु भन्दाअघि गीत लेखन र कविता सृजनामा स्थापित भइसकेको थिएँ, मेरा गीतहरु रेर्कड भइसकेका छन् भने कतिपय रेर्कडको तयारीमा छन् ।’