झापा । दयाहाङ राईद्वारा निर्देशित नाटक डिग्री माइलाका साथ काठमाडौंको मण्डला थिएटरले पूर्वाञ्चल यात्रा गरेको छ ।
नाटक दमक, बेलबारी, ईटहरी, विराटनगर र धरानमा दैनिक दुई शो प्रदर्शन हुँदैछ । करिब ६ वर्ष अगाडि नाटकको सिलसिलामा मण्डला थिएटर पूर्व आए पनि राई भने पहिलो पटक पूर्वाञ्चल नाटक यात्रामा आएका हुन् ।
दयाहाङ राई, सिर्जना सुब्बा, नाजीर हुसेन, सोमनाथ खनाल, बुद्घि तामाङ (हैट) लगायतका कलाकारहरुको अभिनय रहेको नाटक काठमाडौंमा लोकप्रिय भइसकेको छ ।
जुनकिरी, मण्डला थिएटर लेखिएको ट्रकलाई मोबाइल थिएटरका रूपमा प्रयोग गर्दै आएका कलाकारले त्यही ट्रकलाई नै मञ्च बनाएर नाटक ‘मनचिन्ते फिरन्ते’ प्रदर्शन गरिसकेका छन् ।
Facebook Comments Box