झापा । बेग्ला बेग्लै अावाज, गीत अनि संगीतले युवाहरूकाे मन जितिरहेका चर्चित झापाली गायक सिमान्त सन्तोष अाजकल हर साँझ रक्सीमा चुर्लुम्म डुब्ने गरेका छन् । धनी घरका छाेरा भएका कारण उनी यसरी डिस्काे धाउन थालेका हुन त ? कि साँच्चीनै उनले समाजलाइ वास्ता नगरेका हुन् ?
हैन, उनी अाफ्नाे नयाँ म्युजिक भिडियाे हामिलाई बाल मतलबका लागि डिस्काे धाएका हुन् ।
जनराको हामिलाई बाल मतलब बोलको गित सार्वजानिक भएको छ ।
गायक सिमान्त सन्तोषको आवाजमा सजिएको उक्त आईटम गीतको भिडियोमा अधिकांश पुर्वेली कलाकारहरुको अभिनय रहेको छ ।
श्रीकृष्ण लुईटेल बोके दारीको शब्द तथा संगीत रहेको उक्त गीतमा युवा पुस्ताको विन्दासी जीवनलाई उतारिएको छ ।
गीतमा उच्च घरना जसलाई कुनै पनि कुराको बाल मतलब छैन , त्यो वर्गको एक युवकलाई लक्षित गर्दै निर्माण गरिएको छ । सुन्दा डान्स क्लब र पार्टीहरुमा गितले राम्रै पकट जमाउन सक्ने सक्ने देखिएको छ । नर्मान राईको कोरियो ग्राफ रहेको उक्त भिडियोलाई एस ए भिजन कमपनिले बजारमा ल्याएको छ ।
भिडियो :
https://www.youtube.com/watch?v=4x0yejXiQ1g&feature=youtu.be