जहाँ कहिँ बसेकि छौ सुन बिश्वासघाति । म त भएँ तल तल तिमी हुनु माथि ।
म थिएँ घाम जस्तै तिमी जुन जस्तै, वनपाखामा सँगै डुल्थ्यौं थियौं असल साथि ।
छुट्यो आज हाम्रो माया ,टाढा भयौ तिमी, डाहा गर्लान भनेर नै भट्ने गर्थ्यौं राति । चिरन्जिवि हुनु तिमी आज टाढा भए पनि, सडकको म फोहोरलाई किन मान्थ्यौ जाति ।
जहाँ कहिँ बसेकि छौ सुन बिश्वासघाति ।
म त भएँ तल तल तिमी हुनु माथि॥
Facebook Comments Box