’मनसुन’ हामी सहजै अनुमान लगाउन सक्छौँ,यसको अर्थ पनि आफैंमा अर्थपूर्ण छ झैं लाग्छ । मनसुन एउटा याम हो जो आउँछ अनि जान्छ पनि । सुविनले मनसुनलाइ प्रेमसगँ तुलना गरेका छन ।प्रेम पनि मनसुन जस्तै हो आउने पनि अनि जाने पनि अक्सर यस्तो भइरहन्छ । किताबको नामको एक मुख्य केटिपात्र मनसुन हो। उ पनि साच्चिकै मनसुन झैं रुझाएर गई ।
पुस्तक सुरुमा रोचक नै छ,पेट मिचिमीचि हासो लाग्छ पनि,मुस्कुराइन्छ पनि ।पुस्तकको अाधाउधी अनि अन्त्यतिर पुग्दा तिरिक्क आँसु नखसी सुख पाउँदैंन पनि ।मनसुन एउटा याम हो एउटा याम पछि अर्को याम आउँछ,सुरुमा निस्केको हासो परिबर्तन भैहाल्छ मनसुन झैं आँसुमा पनि ।
सुविनका हरेक किताबमा सेक्सलाइ बढ्ता महत्व दिएको पाइन्छ। हुनत यो एक्काइसौं शताब्दि हो,हामीले अब सेक्सका कुराहरु खुलेर राख्न सक्नुपर्छ ,सेक्सको कुरा अझै सामान्यिकरण हुदैं जाओस उनी चाहान्छन पनि होला ।
वास्तबमा प्रेमको कुनै सिमा नै हुदैंन,उचाइमा पुग्दा कुन सम्मको हर्कत हुनपुग्छ,अनि तल झर्दा कतिसम्मको भावनात्मक चोट सहनुपर्छ भन्नेकुरालाइ जोडदार रुपमा उठाएका छन।
अब पुस्तक तिर प्रवेश गरौं,
उनले अझसम्मका पुस्तकमा नेवार जातिलाइ उच्च प्राथमिकतामा राख्छन कि जस्तोलाग्छ। ‘समर लभ’, अनि ‘साया’मा साया शाक्य र मनसुनमा रिया जोशि थर फरक भए पनि ‘शाक्य’ र ‘जोशि’ दुवै नेवार जाति हुन। परिवारमा सुभान एक्लो सदस्य हो कि अरु सदस्य पनि छन त्यस्तै मनसुनकोमा पनि खुलाइएको छैन यतिसम्मकि मनसुन कुन जातिकि थिइ त्यो खुल्न सकेको छैन।हुनत सुभान र मनसुनको सम्बन्धमा परिवारका अरु सदस्य खुलाउन आवश्यक नठानेका पनि होलान।
प्रेममा सुभान नमज्जासँग हारेको छ,उसलाइ रियाले हराइ,प्राप्तिले हराइ,अत्यमा मनसुनले पनि हराइ। उसलाइ प्राप्तिले पनि ठूलो सनक दिइ उसैको साथि सुन्दरेसँग बिहे गरेर। हो सुभान नमज्जासँग हार्यो प्रेममा । मनसुन नाम मात्रै होइन ठिक याम जस्तै थियो उसको ब्यबहार पनि।
घाम अस्ताउँछ मनसुन झैं फेरी अाउने अभिलासा देखाएर । भोलि उदाउँछ हामीसँग आउँछ त्यो प्राप्ति हो। तर सुभानले प्राप्ति पनि पाएन।आखिर के पायो सुभानले प्रेम गरेर? अन्तिम प्रहारमा आफुलाइ भन्दा माया गर्ने हजुरवुवा गुमायो,मनसुनलाइ गुमायो,अनि त अनि जागिर पनि त गुमायो। जवानि पनि त कहाँ बाकि थियो र फुस्कदैं थियो उसकै मुठ्ठिबाट।
वास्तबमै प्रेम अजिबको चिज। जहाँ जादिन भन्योत्यहि पुर्याउँछ,जे खाँदिन भन्यो त्यो खुवाउँछ, जे गर्दिन भन्यो त्यो गराउँछ,अन्त्यमा जसले बढि प्रेम गर्यो उसैलाइ हराउँछ।
किताबमा केटिहरुको चरित्र छर्लङ्ग पारिदिएका छन सुविनले मनसुनलाइ पात्र बनाएर,हुन त मान्छे दुवै स्वार्थी हुन्छन न केटा न केटि आफ्नै अनकुल चल्ने हुन सबै। साच्चि केटिको मन नै बुझ्न सकिन्न कुनचाँहि ग्रन्थिले कुनचाँहि हर्मोन कतिबेला उत्पादन गर्छन क्षणभरमै केटिहरुको मन परिबर्तन भै हाल्छ।
साच्चिकै मनसुन स्वार्थी थिइ उसले सुभानलाइ प्रयोग गरेर आफू एडिक्टेडबाट कमिटेडमा आउन चाहान्थी। मान्छु मनसुन सुभान बाहेक अरु कसैलाइ ज्यादा प्रेम गर्थी उसलाइ नपाउदा फेनाइल पिएर मर्न समेत तयार हुन्थिउसो भए सुभानसँग सेक्स के त?अरु सम्बन्ध के त?के सुभान मनोरन्जनको साधन मात्र थियो मनसुनको?त्यसैले मनसुनको मायालाइ चोखो माया भन्नै सकिन्न यदि उ हृदयदेखि कसैप्रति समर्पित थिइ भने ।
किताबको अन्त्य अन्त्य तिर पहिला गरिने प्रेम र अहिले गरिने प्रेमलाई पनि तुलना गरिएको छ। सुभानको हजुरवुवाले उसको मृत हजुरआमालाइ गर्ने प्रेम र सुभानले मनसुनलाइ गर्ने प्रेम र उनिहरुको सम्बन्ध यी दुइमा तुलनात्मक रुपमा फरक छ।त्यसैले अहिले गरिने प्रेम र पहिले गरिने प्रेम भन्दा निकै परिवर्तन भएको झझल्को दिन्छ।
अर्को तिर सुभान पनि स्वार्थि पनबाट अछुतो रहन सक्दैन किनकी उ धरानको महिनादिनको बसाइमा उसले एकपटक पनि उसका साथीहरु सुन्दरे रामेश्वरलाइ सम्झेन न फोन गर्यो प्रेममा मित्रता गाएब भो। सन्सारमा सबैभन्दा गर्न गाह्रो भन्या नै प्रेम रहेछ अनि समय पुगेपछि एक्लो बस्नु पनि ठिक होइन समयमा बिहे पनि गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ किताबले।
यसरी युवाहरुको मन चटक्क तान्न सिपालु सुविन भट्टराइको मनसुन निकै सरल,यथार्थपरक र निकै भाबपूर्ण पनि छ।
अन्त्यमा मनसुनको सफलताको सुभकामना ॥
भलेन्द्र भण्डारी(आशिष )
पर्वत,चुवा