विर्तामोड । झापाको बिर्तामोडबाट म्युजिक भिडियो ‘अटो रिक्सामा…’ सार्वजनिक गरिएको छ।
अग्रज पत्रकार चन्द्र भण्डारीले म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका हुन्।
निर्माता चुडामणी पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशक शंकर कोइरालाले गरेका छन्।
त्यस्तै गायक सन्तोष शिवाको स्वरमा रहेको म्युजिक भिडियोमा टिका भण्डारीको संगीत रहेको छ ।
म्युजिक भिडियोमा पत्रकार रमेश तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ । खाडी मुलुक गएर दुःख गर्नुभन्दा नेपालमै बसेर अटो कुदाउनु राम्रो भन्ने सन्देश म्युजिक भिडियोमार्फत दिन खोजिएको छ ।
भिडियोः
Facebook Comments Box