काठमाडाैं । धादिङका हिमेश पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि जितेका छन्।
शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो काे च्याम्पियन बनेका हुन् ।
फाइनलका लागि हिमेससँगै सुमन कोइराला र खड्गबहादुर पुन मगर छानिएका थिए।
दर्शककाे भाेटका अाधारमा हिमेशले उपाधि जितेका हुन् । उपाधिसंगै उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।
यसबाहेक फाइनलमा पुगेका तीनै जना प्रतिस्पर्धीले विश्व भ्रमणकाे अवसर पनि पाएका छन् ।
Facebook Comments Box