काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारीको शनिबार निधन भएको छ।
८५ वर्षीय भण्डारीको शनिबार बिहान ११ः ४५ काे समयमा उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ।
भण्डारीलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्याबाट भण्डारी लामाे समयदेखि ग्रसित थिए ।
भण्डारीले त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष प्राध्यापन पनि गरेका थिए। भण्डारीले अंग्रेजी साहित्यकाे प्राध्यापकका रूपमा तथा निबन्ध लेखकका रुपमा ख्याति कमाएका थिए ।
Facebook Comments Box