एजेन्सी । हलिउड चलचित्र मध्ये सबैभन्दा उत्कृष्ट चलचित्रका रुपमा दिइने ओस्कार अवार्ड पहिलो पटक दक्षिण कोरियाली चलचित्रले पाएको छ । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले ओस्कार अवार्ड जितेर नयाँ कीर्तिमान बनाएको हो।
प्यारासाइट, यो पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो। यसबाहेक यस चलचित्रका निर्देशक बोङ्ग जून–हो ले पनि सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
यस्तै ‘जोकर’ चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जिते ।
Facebook Comments Box