काठमाण्डौ। भारतीय चर्चीत गायिका नेहा कक्कर र गायक तथा कार्यक्रम सञ्चालक आदित्यनारायण झा को विवाह मिति तय भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले अन्ततः विवाह मिति सार्वजनिक गरेको हो ।
गायिका कक्करले इन्साटाग्राममा एउटा तस्वीर पोष्ट गर्दै फेब्रुअरी १४ मा विवाहको मिति तय भएको बताएकी छन् ।

कक्कर इन्डियन आइडलको जारी सिजनकी निर्णायक हुन् भने आदित्य त्यसको सञ्चालक । यी दुवैको प्रेम सम्बन्धलाई लिएर लामो समयदेखि कार्यक्रममा पनि चर्चा हुने गरेको थियो ।
अब उनीहरुको विवाहलाई आइडल प्रशारण गरिरहेको सोनी च्यानलले पनि औपचारिक रुपमै खुलाशा गरेको छ ।
सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। भिडियोमा ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा यी दुईले नृत्य गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी ( मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’
इन्डियन आइडलको सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।
आदित्य गायक उदितनारायणका र गायिका दीपानारायण झाका छोरा हुन् । यसबाहेक नेहा कक्कर र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी गरेका छन्।