काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत सोमबार बिहान प्रहरीमा हाजिर हुन पुगेकी छिन्।
प्रहरीमा हाजिर हुन आएपछि उनको स्वास्थ्य परीक्षण गराइएको महानगरीय प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले खबरमञ्चलाई जानकारी दिए।
उनले भने, ‘उजुरी दर्ता भएपछिका कानुनी कुरा गर्दैछौं।’
सोमबार नै गायिक राउत रिहा हुने पोखरेलले बताए। उनले भने, ‘यो कुनै अपराधको घटना होइन। ठूलो अनुसन्धानको विषय पनि होइन। आजै सबै काम सकाएर उहाँलाई घर पठाउँछौं।’
भारतको सिक्किम जाने क्रममा विमानस्थलमा चेकजाँच गर्ने क्रममा गायिका राउतको महिला प्रहरीसंग भनाभन परेको थियो। पछि फेसबुकमा उनले बोलेका कुराले उनी विवादमा तानिएकी थिइन्।
Facebook Comments Box