काठमाडाैं । पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक भएको छ ।
प्रज्ञा भवनमा सोमवार आयोजित एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय खड्काले पुस्ताकका माध्यमबाट रंगीन दुनियाँको रंगहीन पाटो देखाउने कोशिस गरेका छन् ।
कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाइ छ ।
Facebook Comments Box