काठमाडौं । अभिनेता दीपक क्षेत्रीको निधन भएको छ।
५८ वर्षीय क्षेत्री डिल्लीबजारस्थित घरमा शनिवार बिहान मृत भेटिएका हुन्। शुक्रबार साँझ एक फिल्मको काम सकाएर आएपछि सुतेका उनी बिहान अबेरसम्म नउठेपछि मृत भेटिएका हुन्।
श्रीमती मलेसियाबाट आएपछि आइतबार उनको अन्त्येष्टि गरिने जनाइएको छ।
उनले थुप्रै नेपाली फिल्ममा खलनायक र चरित्र अभिनेताको अभिनय गरेका छन्।
Facebook Comments Box