लोकपप गायक सुनिल गिरीको कौरा गीत “जाम क्यारे माया” रिलिज भएको छ ।
पूर्व-डीसीएएम मोशन पिक्चरसँगको सहकार्य गरिएको गीतमा सुनिल गिरी र मेलिना राईको स्वर रहेको छ । गीतमा शब्द र संगित सुनिलकै छ । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ ।
भिडियो कौरा मगर समुदायमा छायाङकन गरिएको छ । गीतको प्रोडक्सन म्यानेजर निर्मल न्यापाने, मेकअपमा प्रेम भुजेल र ड्रोन र ग्राफिक पवन सिमकदा रहेका छन् । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ ।
मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ ।
Facebook Comments Box