विर्तामोड । तराईमा चिसो करिब सुरुवात भएको बेला शुक्रबार साँझ झापाको विर्तामोड संगीत साधक सुशील गड्तौलाको रागले तताइदिएको छ।
प्रायः काठमाडौं उपत्यकामा शास्त्रीय संगीतका कार्यक्रममा प्रस्तुत हुने शास्त्रीय संगीतका साधक सुशील झापा आएका हुन्।
सेल्फी मिडिया प्रालिद्वारा आयोजित कार्यक्रम साधकले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।

उनले शुरुमै भारतको कर्नाटक राज्यको विशेष राग प्रस्तुत गरेका थिए।
उनले करिब एक घन्टाको प्रस्तुतिमा १० वटा भन्दा बढी गीत गाएका थिए। उनले झापा वरिष्ठ संगीतकर्मीहरु जन्माएको जिल्लामा आफ्नो पहिलो प्रस्तुतीमा खुशी व्यक्त गरे।
Facebook Comments Box