काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएका हुन् ।
‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्’, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।
घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।
Facebook Comments Box