काठमाडौं । वरिष्ठ निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रानाको निधन बुधबार दिउँसो भएको हो ।
रानाको डेढ वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरेका थिए । पछिल्लो समय निमोनियाबाट ग्रसित उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनले ‘राँको, कर्जा, करोडपति, घाम छाँया, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र’ जस्ता थुप्रै फिल्म निर्देशन गरेका थिए ।
राना भारतीय फिल्म नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका थिए । उनले राष्ट्रिय फिल्म पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा पाइला राखेका रानाले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, जस्ता फिल्महरु दर्शकहरुलाई दिएका थिए ।
Facebook Comments Box