काठमाडौँ । यस वर्षको मदन पुरस्कार साहित्यकार योगेश राजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।
त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।
सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई मदन पुरस्कारका लागि गुठीले सम्भावित कृतिको सूचीमा राखेको थियो । गुठीलाई प्राप्त भएका २५७ कृतिहरुबाट ती कृति छानिएका थिए ।
Facebook Comments Box