काठमाडाैं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबारबिहान निधन भएको छ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी आफ्नै निवास काठमाडौँको कालिकास्थान ल्याइएको थियो। बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ।
Facebook Comments Box